पहिरोमा पुरिएर गुल्मीमा २ को मृत्यु, एक घाइते

0
25

गुल्मी – गुल्मीको स्मामा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । उनको अवस्था समान्य रहेको छ । उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । सोही क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी जिल्ला अस्पताल लगिएको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here