पसिना गन्हाउँछ ? यी उपाय अपनाउनुहोस्

0
6

चन्दन

शरीरको दुर्गन्ध हटाउन चन्दन प्रभावकारी हुन्छ । यसले पसिना आउने ब्याक्टेरियालाई मार्छ । चन्दनको लेप बनाएर लगाउनाले शरीरबाट पसिनाको दुर्गन्ध हट्नुका साथै पसिना आउन पनि कम गर्छ । जहाँबाट दुर्गन्ध आउँछ त्यहाँ चन्दनको लेप लगाउन सकिन्छ । यसो गर्दा पसिनाको दुर्गन्धका साथै पसिना आउन पनि कम हुन्छ ।

गुलाब जल

पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरिका हो गुलाब जल । यसका लागि नुहाउने पानीमा केही थोपा गुलाब जल मिसाउनुपर्छ । यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिंदैन । यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्छ ।

पुदिना

पुदिनामा धेरै औषधीय गुण हुन्छ । दैनिक नुहाउने पानीमा पुदिनाको पात मिसाउँदा शरीरमा पसिनाको दुर्गन्ध आउँदैन र शरीर फूर्तिलो पनि हुन्छ । पुदिनाले शीतलता प्रदान गर्ने भएकाले यसको सेवन पनि गर्न सकिन्छ । यसको लेप बनाएर अत्यधिक पसिना आउने ठाउँमा लगाउँदा दुर्गन्ध हट्छ ।

निमको पात

निमको पातले पनि शरीरमा दुर्गन्ध फैलाउन रोक्छ । दुर्गन्धको साथमा निमको पातले शरीरमा फैलिएको ब्याक्टेरियालाई समेत मेटाउँछ । यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर पानीलाई छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरू पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन सकिन्छ ।

कागती

कागतीको प्रयोग पसिनाको दुर्गन्ध मेटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ । जसले पसिनामा रहेको ब्याक्टेरिया फैलिनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग गर्छ । यसका लागि कागती काटेर यसको आधा भागलाई काखीमुनि दल्नुपर्छ । कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखीमुनि रगड्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here