पश्चिम नवलपरासिमा बसको ठक्करबाट एकजनाको मृत्यु, तीन जना घाइते

0
1

बुटवल – बसको ठक्करबाट पश्चिम नवलपरासिमा एकजनाको मृत्यु भएको छ। पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो । बसको ठक्करबाट रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती भएको बताइएको छ। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here