पर्सामा स्वास्थ्यकर्मीसहित थप ४६ जनामा कोरोना पुष्टि

0
16

पर्सा – नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी र १ जना सफाइकर्मीसहित पर्सामा थप ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सक्रमितहरु स्वास्थ्यकर्मीसहित कन्ट्याक ट्रेसिङ्गबाट स्वाब संकलन गरिएका, आफै शुल्क तिरेर परीक्षण गराएकाहरु रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताएका छन्।
उनका अनुसार संक्रमित मध्ये १३ जना आफै शुल्क तिरेर परीक्षण गराउनेहरु छन् । उनीहरु स्थानीय विभिन्न औषधी उद्योगमा कार्यरत श्रमिक हुन् । संक्रमितहरु बढेसँगै अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव भएको डा. उपाध्यायले बताए । एक सयभन्दा बढि विरामी बेड नपाएपछि होम आइसोलेशनमा छन् । ५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको छ।
पर्सामा बुधबार र बिहीबार मात्रै कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । बुधबार तीन र बिहीबार तीन जनाको मृत्यु भएको हो । संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै पर्सामा स्थानीय त्रसित भएका छन् भने चिकित्सकहरु चिन्तित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here