पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

0
19

काठमाडौं – देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।
यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here