पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ८६ जना निको

0
17

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ८१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ हजार ९०९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ भने २ हजार ८६ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here