पछिल्लो २४ घण्टामा नेपालमा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

0
10

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन भने संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here