पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

0
14

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here