पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण, १००५ जना डिस्चार्ज

0
19

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १ हजार ५ जना डिस्चार्ज भएका छन् ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here