पछिल्लो २४ घण्टामा देशभर थप १५३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि

0
25

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here