काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कुल ८,९७२ नमुना परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।