पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , १७९८ जना संक्रमणमुक्त

0
15

काठमाडौं- देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७९८ जना संक्रमणमुक्त भएका छन् । यस्तै हालसम्म कुल १ लाख ५९ हजार ७२४ जना संक्रमणमु क्त भैसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here