पछिल्लो २४ घण्टामा २५६९ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

0
22

काठमाडौं – नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १६ सय ६६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा २६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १७४ पुगेको छ। देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here