पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
8

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ९ हजार ५५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here