पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

0
17

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here