पक्राउ परे बिप्लव समुहका नेता ओमप्रकाश पुन

0
10

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका छन्। यो कुरालाई विप्लव समूह स्रोतले पुष्टि गरेको छ । तर कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको भनेका छन् । उनका अनुसार पक्राउ परेका ति व्यक्तिलाई अहिले जिल्लातर्फ ल्याउने काम भैरहेको छ।
विप्लव समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको बताएको छ । पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । केही अघि उनले एक मिडिया संग अन्तर्वार्ता दिँदै सरकारले पत्र पठाए वार्ताबाट नभाग्ने पनि बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here