पक्राउ परे ‘कोरोनाबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी निकालिन्छ’भन्दै अफवाह फैलाउने चिकित्सक

0
23

काठमाडौँ – कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। उनलाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरिएको हो । प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए । उनको अन्तरर्वाता ९२ हजारले हेरेका छन् ।
‘नेपालमा कोरोना नै छैन, नत्र सडकमा बस्नेलाई किन लाग्दैन ?’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन्– ‘सरकारमा मगन्तेहरु बसेका छन्, कोरोना भ्रष्टाचार गर्ने बहाना बनेको छ ।’
प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको समेत दावी गरेका छन् । उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here