न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्याग गर्ने घोषणा

0
7

एजेन्सी- न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गरेकी छन् । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री भएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेकी हुन्। प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै उनले फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गरेकी छन् । आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुने तय भएको छ । उक्त निर्वाचनबाट आफू पुनः निर्वाचित हुने सम्भावना रहे पनि त्यसो नगर्ने समेत उनले स्पष्ट पारेकी छन् ।रधानमन्त्री बनेपछि देशका ठूला चुनौतीहरु झेलेको र त्यसले आफ्नो परिवारलाई समय दिन नपाएको भन्दै अब पुनः निर्वाचित हुने ईच्छा नरहेको उनको भनाई रहेको छ । अक्टोबरको निर्वाचनपछि नयाँ व्यक्तिले जिम्मेवारी सम्हाल्नु भन्ने आफ्नो चाहना रहेको पनि आर्डनले जनाएकी छन्। कोभिड कालमा कठोर नीति लिएको भन्दै देशभित्र उनको आलोचना हुँदै आएको छ । सन् २०१८ को जुन महिनामा आर्डनले आफू गर्भवती भएको घोषणा गरिन् । जबकी त्यतिबेलासम्म उनीको औपचारिक विवाह नै भएको थिएन । जनवरी २०१८ मा यो घोषणा गरेकी उनले त्यही वर्षको जुन महिनामा छोरी जन्माइन् । त्यति बेला उनी ६ हप्ताको लागि सुत्केरी बिदामा बसेकी थिइन् । सो बिदा सकिएपछि उनले फेरि बिहे गर्ने घोषणा गरिन् । उनका प्रेमी गेफोर्ड एक टेलिभिजन कार्यक्रम प्रस्तोता थिए । उक्त जोडीको २०१२ मा भेट भएको थियो । त्यसपछि उनीहरु निरन्तर प्रेम सम्बन्धमा छन् । ३७ वर्षीया प्रधानमन्त्री आर्डन संसारकी दोस्री नेतृ थिइन् जो प्रधानमन्त्रीको पदमा रहँदैमा गर्भवती भएकी भइन् । योभन्दा पहिले सन् १९९० मा पाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि पदमा हुँदैमा बच्चा जन्माएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here