न्यायाधीशका पिएसओको पेस्तोल चोर्ने २ जना पक्राउ

0
6

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई पेस्टोल चोरीको आरोपमा पक्राउ गरेको हो ।

उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका(१ गागलफेदीस्थित खड्काको घरमा गत असार ३० गते पेस्तोल चोरी गरेको आरोप छ। प्रहरीले चोरी भएको पेस्तोल र त्यसमा लाग्ने सात साउन्ड गोली बौद्धको शिवमन्दिर नजिकै बरामद भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here