न्याधिसहरुको बहिस्कारका बीच प्रधानन्यायाधीश जबराको इजलासमा सुनुवाइ सुरु

0
3

काठमाडौं – न्याधिसहरुको बहिस्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् । प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् । विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ। इजलास बहिस्कार गर्ने न्यायाधीशहरूले आजै आन्तरिक छलफल गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here