नोट, फोनको स्क्रिन तथा स्टिलमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस

0
17

अस्ट्रेलियन शोधकर्ताहरूको एक अध्ययनले कोरोना भाइरसको संक्रमण गराउने भाइरस नोट, फोनको स्क्रिन तथा स्टिलमा २८ दिनसम्म रहन सक्ने देखाएको छ।
अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीको प्रयोगशाला अध्ययनले सार्स-कोभ-२ यी स्थानहरूमा सोचे भन्दा लामो समयसम्म रहने देखाएको हो।
यध्यपी यो परीक्षण अध्यारो स्थानमा गरिएको थियो। यस्तै अल्ट्रा भ्वाइलेट प्रकाशले यिनलाई मार्ने यसअघि नै देखाइसकेको छ।
केही विज्ञहरूले वास्तविक जीवनमा यी सतहबाट हुने वास्तविक संक्रमणका बारेमा भने शंका व्यक्त गरिरहेका छन्। कोरोना भाइरस मुख्यरूपमा मानिसले खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा सर्ने गर्छ।
हावामा रहने कणहरूबाट सर्ने प्रमाणहरू पनि भेटिएका छन्।
यस्तै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार भाइरस रहेको धातु तथा प्लास्टिकजन्य सतहको सम्पर्कमा आएमा पनि यो सर्ने सम्भावना छ। यध्यपी यो धेरै कम अवस्थामा हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here