नेप्सेमा १८८१ को रेकर्ड तोडियो

0
22

काठमाडौं – नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्षअघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन । त्यसबेलादेखि ओरालो लागेको नेपाली सेयर बजारले बिहीबार नयाँ किर्तिमान कायम गरेको छ ।
बिहीबार कारोबार खुला भएसँगै बढ्न शुरु भएको नेप्से परिसूचक एक घण्टा नवित्दै ४० अंकले बढेर १ हजार ९ सय माथि पुगेको छ ।
१२ बजेसम्म नेप्सेमा कारोबार हुने व्यापार र म्युचुअल फण्ड बाहेक सबै समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम पनि एक घण्टामा २ अर्ब नाघेको छ ।

श्रोत : न्युज सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here