नेपाल सुपर लिगः आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसी खेल्दै

0
9

काठमाडौं- नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने पोखरा र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

दुवै टोलीले हालसम्म खेलेका समान एकएक खेलमा जित निकालेका छन्। त्यसकारण आजको खेलमा सोही लयलाई कायम राख्न आज हुने दुबै टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने मानिएको छ।

ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here