नेपाल भित्रियो मंकीपक्स

0
3

काठमाडौं- विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ । तर, उहाँ पहिलादेखि नै नोपलमा बस्दै आएको नागरिक हो या भर्खर नेपाल आएको केही पुष्टि गरेको छैन । साथै, उनलाई कुन अस्पतालमा कस्तो उपचार गरियो भन्ने पनि स्पष्ट छैन । अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडेनलगायत ७५ भन्दा बढी देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसअघि नै पुष्टि गरेको थियो । विगत वर्षदेखि नै नेपालमा पनि विदेशबाट आउने व्यक्तिहरूबाट सर्न सक्छ भन्दै नेपाल सरकारले आम नागरिकलाई सतर्कता अपनाउन आह्वान गर्र्दै आएको भए पनि अहिलेसम्म कुनै पनि नेपालीमा मंकीपक्स पुष्टि भएको छैन । मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीरमा चिलाउने खटिरा वा दाग देखिने र जिउभरि फैलिने, ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा पनि बिमिराहरू देखा पर्न थाल्छन् । डब्ल्यूएचओले जनाएअनुसार मंकीपक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउला भनेर चिनिने गरेको रोगजस्तै देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डब्ल्यूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने गर्दछ । संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्ने डब्ल्यूएचओेले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here