नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक नेपाल आयो निजी क्षेत्रको कार्गो रेल

0
5

काठमाडौं – भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आएको छ । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि निजी क्षेत्रको कार्गो रेल पहिलोपटक नेपाल आएको हो। हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । २०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here