नेपाल प्रहरीको एआईजीमा सिफारिश भए पोख्रेल , प्रहरी महानिरीक्षक बन्ने निश्चित

0
34

काठमाडौ – नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिश गरिएको छ। बढुवा समितिको सोमबार बसेको बैठकले उनलाई एआईजीमा सिफारिश गरेको हो।
सरकारले मंसिर ३ गतेको मन्त्रिपरिषदबाट एआईजीको एक दरबन्दी थप गर्ने निर्णय गरेको थियो। गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहने सो समितिले सोहि दरबन्दीका लागि पोख्रेलको मात्र नाम सिफारिश गरेको हो। यो सिफारिशलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि उनी एआईजी बन्नेछन्। योसँगै पोख्रेल २०७९ बैशाख २० देखि चैत २९ गतेसम्म प्रहरी महानिरीक्षक बन्ने निश्चित भएको छ। सएसपीबाटै आफ्ना ब्याचीलाई उछिन्दै अगाडी बढेका पोख्रेल एआईजीमा बढुवा भएसँगै उनी प्रहरी प्रमुख बन्न मार्गप्रशस्त भएको हो।
यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोख्रेल एकमात्र बढुवामा परेका थिए। सरकारले उनलाई २०७६ वैशाखमा डीआईजीमा बढुवा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here