नेपाल प्रवेश गर्दैछ जम्मु–कश्मिरको न्यून चापिय प्रणाली , हिमपात र वर्षाको सम्भावना

0
19

काठमाडौँ – जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्ने भएको छ।
यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाका अनुसार यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको छ।
उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भइ तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण बुधबार र बिहिबार देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेको बताइएको छ।
यो प्रणालीले शुक्रबार समेत वर्षा र हिमपात गराउने सम्भावना रहेको छ।
उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्का देखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here