नेपाल टेलिकमले ल्यायो गज्जबको अफर, हेर्नुहोस कस्ता छन् अफर

0
11

काठमाडौँ – नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक ल्याएको छ । कम शुल्कमा अन्य सेवा प्रदायकको नेटवर्कमा समेत कुराकानी गर्न सकिने गरी उक्त प्याक ल्याएको टेलिकमले जानकारी दिएको हो । टेलिकमका अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपियाँमा र एक हजार २०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपियाँमा प्रयोग गर्न सकिने छ । यसैगरी, बिहान ५ देखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० देखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपियाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। आवश्यकताअनुसार बिहान ५ देखि साँझ ५ बजेसम्म १२ रुपियाँमा ३० मिनेट र १५ रुपियाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
नयाँ प्याकहरू २०७८ चैत १७ देखि २०७९ वैशाख ४ सम्म खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ । (समाचार स्रोत – नयाँपुस्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here