नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु

0
202

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअगाडि स्थायी कमिटी बैठक सुरु भएको हो । यसअघि पेरिसडाडाँमा शीर्ष चार नेता (पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ) को बैठक बसेको थियो । आजको बैठकले महासचिव चयन गर्ने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । नेकपा महासचिव विष्णुप्रसाद पौडेल केपी ओली समूहमा रहेपछि यो समूहमा महासचिव पद रिक्त छ ।

स्रोत: अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here