नेपाल आइडलका प्रबिण बेडवालको पहिलो गीत ‘छुट्न पर्ने संग’ सार्वजनिक [भिडियो ]

0
37

काठमाडौं – नेपालकै चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा ‘स्माइल’ को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।
बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप बस्नेतको सम्पादन रहेको छ । शुक्रबार गीत सार्वजनिक गर्दै बेडवालले आफ्नो पहिलो गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन । सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताहरुले राम्रो प्रतिक्रिया दिएका छन।
नेपाल आइडल ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी मानिएका उनले हरेक गितलाई पूर्ण रुपमा न्याय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । कोरोनाको महामारी र लकडाउनका कारण रोकिएको आइडलको फिनाले भने अब छिटै नै सुरु हुने आयोजकले जानकारी दिएका छन् ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here