नेपाल अन्तराष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा

0
3

काठमाडौं- नेपाल उद्योग बाणिज्य महासंघले यही मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरेको छ ।

महासंघले प्रत्येक वर्ष मेलाको आयोजना गर्दै आएपनि कोभिडका कारण रोकिएको थियो । यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशबाट सहभागिता रहने बताइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त व्यापार मेलाको प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे रहेका छन् । मेलामा दुई सय १० वटा स्टल रहने आयोजकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here