नेपाली सेना र विद्युत् प्राधिकरणमा जागिरको अवसर

0
5

काठमाडौँ- नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणले पदपूर्तिका लागि विज्ञापन खुलाएका छन् । नेपाली सेनाले अधिकृत क्याडेड पदमा भर्ना आह्वान गरेको छ । भर्ना छनाेट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले २ सय २९ जनाका लागि विज्ञापन खुलाएको हो । रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर कार्तिक ५ गतेसम्म दरखास्त बुझाउन सकिनेछ । यस्तै नेपाल विद्युत् प्राधिकरणले पनि विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले आज विज्ञापन निकालेर सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो । खुला प्रतियोगिताका लागि विभिन्न पदमा असोज २० सम्म दरखास्त दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here