नेपाली बजारमा भित्रिदै सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो-एस

0
13

काठमाडौं- चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra ev) का इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपाली बजारमा हाल बेनेलीका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले सुनराको इलेक्ट्रिक स्कुटर रोबो–एस भित्र्याउने बताएको छ । रोबो–एसको क्लिन एन्ड स्मुथ डिजाइनले धेरैलाई लोभ्याउने अनुमान गरिएको छ । यसमा भएको इन्टिग्रेटेड एलईडी टेललाइट, ५ भोल्ट यूएसबी सेलफोन चार्जिङ, रिट्रयाक्टेबल फुटरेस्ट आदिले यात्रालाई सहज बनाउछ । क्रुज कन्ट्रोल प्रविधि तथा रिभर्स मोड समेत भएको यो स्कुटरमा थ्री स्पिड मोड रहेको छ । यसमा भएको वान टच स्टार्ट प्रविधिको सहयोगले टच गरेरै स्कुटर स्टार्ट गर्न सकिन्छ । अघिल्लो भागमा भएको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानलमा विभिन्न जानकारी उपलब्ध हुन्छ । यो स्कुटरले प्रदान गर्ने २३० एनएम पिक टर्क र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिडले एकनास र स्मुथ खालको यात्रा अनुभव गराउछ भने कम्बाइन्ड ब्रेक सिस्टमले सुरक्षा प्रदान गर्छ । सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । यसमा ३ हजार वाटको सुनरा मोटर रहेको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा ३ लाख ८० हजार रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ । आगामी फेब्रुअरी महिना सम्ममा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here