नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल द्वारा केन्द्रीय समिति बैठक बहिष्कार

0
5
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पुग्ने बितिक्कै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरू भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो । बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here