नेपाली कांग्रेशका सांसदद्वारा स्वास्थ्यमन्त्रीको राजीनामा माग

0
20

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुखदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।
‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो , यो बेलामा चुप लागेर बसेर हुँदैन’ गौतमले भने ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु, सरकार मुखदर्शक भएर हुँदैन, तत्काल संकटकाल घोषणा गरेर अघि बढ्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here