नेपाली काँग्रेसले यी २१ जिल्लामा दशैँअघि नै अधिवेशन गर्ने

0
5

काठमाडौँ – नेपाली काँग्रेसले २१ हिमाली जिल्लामा अधिवेशन दशैअघि नै गर्ने भएको छ। बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो। वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका अधिवेशन सुरु हुनेछ । दशैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ। तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन। ५६ जिल्लाको प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दशैँ र तिहारकोबीचमा थर्न सकिने छ । १२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका रहेकोे छ । तर, ५६ जिल्लामा उक्त तालिका अनुसार अधिवेशन नहुने भएको छ। यस्तै, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here