नेपालमा पछिल्लो २४ घण्टामा थप ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
6

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ र मृत्यु हुनेको संख्या ८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here