नेपालमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि

0
28

काठमाडौं – एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई गरि १४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा रहेको बुझिएको छ र आमा छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएको बुझिएको छ । भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेका उनीहरुको अवस्था सामान्य पनि बताइएको छ ।।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित भने निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here