नेकपा स्थायी समिति बैठक पुनः एक साताका लागि स्थागित

0
145

काठमाडौं – सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मको लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही मिनेट बसेको बैठक मुलुकभर भइरहेको भारी वर्षा र बाढीपहिरोबाट सिर्जित समस्याका कारण एकहप्ताका लागि स्थगित गरिएको नेताहरुले बताएका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको सो बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। सोमबारदेखि जारी अविरल वर्षाले पारेको जनधनको क्षतिको लागि उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गर्दै बैठक एक हप्ताका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।
‘बैठकले बाढी पहिरोको उद्धारमा जुट्ने प्रस्ताव पारित गर्‍यो,’ साहले बताएअनुसार, ‘बैठकमा प्रधानमन्त्री ओली उपस्थित थिएनन।
बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमै छलफल भएको समेत स्रोतले बताएको छ। दुई अध्यक्षको भेटलगत्तै बसेको स्थाायी कमिटी बैठक केहीमिनेट बसेर प्रस्ताव पारित गर्दै स्थगित गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here