नेकपा एमालेले थाल्यो सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने तयारि

0
3

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले कानुनविपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख तथा निर्वाचन आयोगविरुद्धमा अदालत जाने तयारी गरेको छ । आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । उनका अनुसार अब केहिदिनमै नेकपा एमालेले अदालतमा रिट हाल्ने तयारी गरिरहेको छ । एमालेको यसअघिको स्थायी कमिटीको बैठकले पनि निर्वाचन आयोग र सभामुखविरुद्ध कानुनी लडाईँमा जाने निर्णय गरेको थियो । यसैबीच संविधानविदरूले पनि सभामुखले संसदीय मर्यादा पालना गर्न नसकेको व्याख्या गरेका छन् । संविधानविद् डा. विपिन अधिकारीले संसद्मा सिफारिस गरिएका विषय सभामुखले कार्यान्वयन गर्नुपर्ने भए पनि त्यसो नभएको बताउदै यो विषयमा सभामुखसहित अरु पक्ष पनि चुकेको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here