नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु

0
67

काठमाडौ – अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज (बुधबार) ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सुरु गर्दै छ।ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने आयोजकले यसअघि नै जानकारी दिइसकेको छ।जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेतारकार्यकर्ता उतार्ने दाबी गरेको नेपाल पक्षले त्यसका लागि सबै तयारी पूरा भएको जनाएको छ। नेकपा नामबारे विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी (.ने क पा) बदर र यसमा मिसिएका पहिलेकै पार्टी एमाले र माओवादी केन्द्र कायम गरेको छ। त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसका छन्। त्यसयता नेकपामा विभाजन देखापरेको हो। अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गरिरहेको छ। यसै क्रममा आज चैत ४ र भोलि ५ गते ललितपुरको हेरिटेज गार्डेनमा छुट्टै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ। यसबाट एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने नेपाल पक्षको योजना छ। यसबीच अध्यक्ष ओलीको निमन्त्रणमा गत सोमबार पार्टीको केन्द्रीय कार्यालय (धुम्बाराही) दुई पक्षबीच वार्ता भए पनि सहमति हुन सकेन। नेपाल पक्षले गत फागुन २८ का सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने ओलीले त्यसलाई परिवर्तन गर्न नसकिने अडान लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here