नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित द्वारा पार्टीको केन्द्रीय सदस्य पद त्यागेको घोषणा

0
12

काठमाडौं – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन्। अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने उनको भनाइ रहेको छ। केपी ओलीले केन्द्रीय सदस्यमा सिफारिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन् । ‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले भने,’ त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’ एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here