नेकपाले दियो दल दर्ताका लागि निवेदन

0
169

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार अर्थात आज बिहान आयोगमा दल दर्ताको लागि निवेदन दिएको हो ।
परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले एक दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको बताएका छन् ।
दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायतका नेताहरु बिहीबार बिहान नै निर्वाचन आयोग पुगेका थिए। दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ ।
नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो ।
यस्तै निर्वाचनपछि संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी पार्टी र विवेकशील साझा दल पनि गठन भएका छन् । यी दलले पनि आगामी निर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्नेछ ।
विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरेर रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here