नेकपाको सिन्धुली पार्टी कार्यालयमा केन्द्रीय सदस्य महेश बस्नेतको टोलीले ताला लगायो

0
26

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिन्धुली पार्टी कार्यालयमा केन्द्रीय सदस्य महेश बस्नेतको टोलीले ताला लगाएको छ । तराईका जिल्लाहरु हुँदै सिन्धुली पुगेका केपी शर्मा ओली समूहका नेता बस्नेतको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो ।
पार्टी कार्यालयमा ताला लगाएर चाबी जिल्ला पार्टी सचिव महेन्द्र श्रेष्ठलाई बुझाएका छन् । श्रेष्ठ तत्कालीन एमालेका अध्यक्ष र पार्टी एकतापछि जिल्ला सचिव थिए । त्यहाँ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेता राजन दाहाल जिल्ला अध्यक्ष छन् । ताला लगाएको कार्यालय तत्कालीन एमालेको कार्यालय हो । पार्टी एकीकरणपछि त्यही कार्यालयबाट जिल्ला पार्टी कमिटी चल्दै आएको थियो ।

स्रोत : अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here