नेकपाको सचिवालय बैठक सुरु

0
21

काठमाडौं – नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा सुरु भएको छ। शुक्रबारबाट सुरु भएको बैठक आज बुधबार १ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने भनी तय भएपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त्यसका लागि तयार नभएपछि बैठक बस्नेबारे अन्यौल भएको थियो।
बैठक सार्न जोडबल गरिरहेका प्रधानमन्त्री ओली समेत बैठकमा सहभागी हुने भएपछि अन्ततः सहमतिमै बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पनि उपस्थित छन् ।
यसअघि अध्यक्ष ओली पक्ष बैठक सार्ने र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरु बैठक तोकिएकै समयमा राख्ने अडानमा थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here