नेकपाको सचिवालय बैठक शुक्रबार अपरान्ह चार बजे बस्ने, सचिवालय बैठक बोलाउन ओली तयार

0
21

काठमाडौ – नेकपाको पार्टी सचिवालय बैठक भोलि शुक्रबार अपरान्ह चार बजे बस्ने भएको छ। पार्टी महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरेको नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्।
नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्ष चर्किरहेका कारण बैठक राख्ने विषयमा समेत विवाद भइरहेका बेला यो बैठक तय गरिएको हो। कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई बैठक राख्न समेत तयार नभएको आरोप लगाइरहेका थिए। पार्टीमा प्रचण्ड–नेपाल पक्षले ओली पार्टी कमिटीमा अल्पमतमा रहेका कारण बैठक राख्न तयार नभएको आरोप लगाउने गरेका छन्।नौ सदस्यीय सचिवालयमा प्रचण्ड–नेपाल पक्षमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here