नुवाकोटमा एक महिला सुतेकै अवस्थामा मृत फेला

0
5

काठमाडौं- नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् । मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ । उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सन्तोषसँगै मजदुरको रुपमा कार्यरत थिइन् । उनीहरु गएराति सोही भवनमा सुतेका थिए । राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत अवस्थामा देखिएको सन्तोषले प्रहरीलाई जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here