निर्देशक श्रेष्ठले दुर्गेश र अन्जलीलाई धानको पराल बोकाएपछि यस्तो भयो

0
743

काठमाडौँ – पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको ”धानको पराल” बोलको गीत प्रकाशनमा आएको छ । जुन गीतमा छायंकन अजय रेग्मीको रहेको छ भने सम्पादन दिपक बिष्टले गरेका छन् ।
दुर्गेश थापा र अन्जली अधिकारि अभिनित उक्त गीतमा निर्देशक श्रेष्ठले मोडल हरुलाई पराल बोकाएर हिडाएको साथै राम्रो नृत्य कोरियोग्राफी गरेको समेत देख्न सकिन्छ । कुशल निर्देशक श्रेष्ठले उक्त गीतमा राम्रो संग आफ्नो प्रतिभा प्रस्फुटन गरेका छन्। श्रेष्ठ निर्देशित उक्त गीतलाई रमेश परियारले लेखेका हुन् भने भाका पनि उनैले बनाएका हुन् । सुर्यविनायक फिल्म्स प्रालि को पोष्ट प्रोडक्सन तथा सुर संगीत प्रालिको प्रस्तुतिमा निर्मित तथा प्रकाशित सोहि गीतलाई चर्चित गायक मौशम गुरुङ र गायिका साधना घलेस्योले गाएका हुन्। गीतले राम्रो बजार पाउनेमा आफुहरु आशाबादी रहेको यस गीतकी गायिका साधना घलेस्योले बताएकी छन् ।
हाम्रो तर्फ बाट पनि यश गीतसंग सम्बन्धित कलाकार तथा प्राविधिक हरुलाई सफलताको धेरै धेरै शुभकामना ।।।
जय गीत जय संगीत
गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here