निरन्तर घट्दै सुनको मूल्य

0
5

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here