निरन्तर ओरालो लाग्दै सुनको मूल्य

0
14

काठमाडौं- शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here